२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


संस्कृति नीति चालु अधिवेशनबाटै पारित गर्छौं : मन्त्री पाण्डे


273
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति नीति चालु अधिवेशनबाटै पारित गर्ने बताउनुभएको छ ।

शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले अहिलेको समसामयिक र वर्तमान अवस्थालाई बोकेर हिँड्नसक्ने संस्कृति नीति सदनबाट पारित हुने बताउनुभयो । अभौतिक सम्पदाको संरक्षणका लागि भनेर संसदमा ऐन छलफलमा रहेको पनि उल्लेख गर्नुभयो ।

मन्त्री पाण्डेले अभौतिक विषयवस्तुलाई संरक्षण र संवद्र्धन गर्ने प्रवद्र्धन गर्ने दिशामा सरकार अग्रसर रहेको बताउनुभयो । प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रतिष्ठान, राष्ट्रिय नाचघर, ललितकला प्रतिष्ठान लगायतको माध्यमबाट सम्पदा, संस्कृतिलाई संवद्र्धन गर्ने दिशामा संस्कृति मन्त्रालयले भुमिका निर्वाह गर्ने बताउनुभयो ।

मन्त्री पाण्डेले नेपालको प्रकृति अनुपम रहेको बताउनुभयो । प्रकृति र संस्कृति नेपालको सम्पती भएको बताउनुभयो । संस्कृतिको उत्थान र विकास एवं प्रकृतिको उपयोगबाट नेपाल विश्वमाझ चिनाउनु जरुरी रहेको बताउनुभयो ।