
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमानवीय र दण्डनीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास हुन नसक्ने बताउनुभएको छ ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले २०६२-०६३ को परिवर्तनसँगै समतामुलक समाज निर्माण गर्ने उद्देश्यले पुनःस्थापित संसदमा नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गर्ने संकल्प प्रश्ताव पनि पारित गरिएको बताउनुभयो । उहाँले धेरै प्रयास गर्दागर्दै पनि दलित समुदायका मानिसले ज्यानै गुमाउनुपरेको जस्ता विभेदका घटनाहरु देख्दा, सुन्दा अत्यन्तै पीडावोध हुने गरेको बताउनुभयो । नेपाललाई विभेदरहित राज्य बनाइ समतामुलक समाज सथापना गर्न पार्टीको स्थापना कालदेखि नै उद्देश्य राखेर आएको बताउनुभयो ।
सभापति देउवाले मुलुकका सबै समस्याहरुको पहिचानसँगै समाधान गर्न नेपाली कांग्रेस मात्रै सक्षम रहेको बताउनुभयो । जातीय भेदभाव गर्ने व्यक्ति कांग्रेसको सदस्य रहन नसक्ने विधानमै व्यवस्था रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्