२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


प्रतिकुल परिस्थितिमा अनुशासित बजेट ल्याएको छु : अर्थमन्त्री पौडेल


208
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले पृष्ठभूमिको अर्थमन्त्रीले प्रतिकुल परिस्थितिमा अनुशासित बजेट ल्याउँछ भन्नेमा होशियार भएर बजेट ल्याएको बताउनुभएको छ ।

इकोनोमिक मिडिया सोसाइटी नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको ‘पोस्ट बजेट ः अ होलिस्टिक डिस्कर्स’ कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले एमाले पृष्ठभूमिका अर्थमन्त्रीले लोकप्रिय बजेट ल्याउँछन् भन्ने मानक रहेको भन्दै यस पटक आफूले यथार्थपरक बजेट ल्याएको बताउनुभयो । उहाँले कसरी लोकप्रियताको खोजि भन्दापनि कसरी अनुशासित बजेट ल्याउने भन्नेमा आफू केन्द्रित रहेको बताउनुभयो । के गर्दा प्रभावकारी ढंगले खर्च व्यवस्थापन गर्न सफल भइएला भन्ने कोशिस गरेको उहाँको भनाइ छ ।

अर्थमन्त्री पौडेलले सिर्जनाशिल युवाहरुका समस्यालाई सम्बोधन गर्ने प्रयत्न गरेको बताउनुभयो ।