१४ जेष्ठ २०८२, बुधबार | Thu May 29 2025


मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु


2.626k
Shares

काठमाडौं । नवलपरासी (सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–७ अम्रसा जङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

मंगलबार बिहान अम्रसा गाउँबाट चोरमारातर्फ आउँदै गरेको तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार दुर्घटनामा परी मध्यविन्दु–७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र सोही स्थानका २२ वर्षीय रादिम मिधुनको मृत्यु भएको हो । दुर्घटनामा बर्दघाट नगरपालिका–५ मध्यविन्दु–७ का २८ वर्षीय मनिष घर्तीमगर गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा सख्त घाइते अवस्थामा तीनै जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा दुई जनालाई चिकित्सकले मृत घोषित गरेका थिए ।

घाइते मनिषको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।