३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरी : अध्यक्ष नेपाल


429
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरी रहेको बताउनुभएको छ ।

शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले सिंगो कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने काममा आफूहरु लागिरहेको बताउनुभयो ।

अध्यक्ष नेपालले आफ्नो अडान र विचारमा आत्मविश्वासी भएर अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले विचार, दृष्टिकोण मिल्नेहरुसँग हातेमालो गर्न, मोर्चा बनाएर जानुपर्ने बताउनुभयो । उहाँले सम्भव भए पार्टी एकता गरेर जानुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीको विचार र सिद्धान्तबाट विचलित नभइकन सबै खालका विकृति, विसंगतिसँग जुधेर इमान्दार कम्युनिष्टको रुपमा अघि बढ्न जरुरी रहेको बताउनुभयो ।