
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक शनिबार बस्ने भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ बानेश्वरस्थित संसद् भवनको लोल्से हलमा दिउँसो दुई बजे बस्ने गरी बैठक बोलाउनुभएको हो ।
बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।
संसदीय दलको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र सरकारको कामकारवाहिको समिक्षा पनि गरीने छ ।
प्रतिक्रिया दिनुहोस्