Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


लोकतन्त्र र व्यवस्था विरोधी गलत सामाग्री रोक्न दूरसञ्चार सेवा प्रदायकहरुको भुमिका महत्वपूर्ण : शंकर पोखरेल


234
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रकाविरुद्ध सूचना प्रविधिका माध्यबाट नियोजित रुपमा हुने हमला रोक्न सूचना प्रविधि प्रदायकहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

नेपाल दूर सञ्चार राष्ट्रिय कर्मचारी संगठनको केन्द्रिय महाधिवेशन उद्घाटन गर्दै महासचिव पोखरेलले लोकतन्त्र र व्यवस्था विरोधी सामग्रीहरु कहाँबाट सञ्चालन भइरहेका छन् भनेर पत्ता लगाउन सूचना प्रविधि कम्पनीहरु सक्षम रहेको बताउनुभएको हो ।

महासचिव पोखरेलले नकारात्मक प्रचारका सामाग्रीहरु कहाँबाट प्रशारण हुन्छन् भन्नेकुरा पत्ता लगाउने सामथ्र्य सूचना प्रविधि प्रदायकहरुसँग रहेको स्पष्ट पार्नुभयो । नेपालमा लोकतन्त्रलाई विकृत बनाउने र साना दलहरुले ठूला दलहरुमाथि शासन गर्ने र दुई सय ७५ सिट भएको संसदमा ३२ सिट लिएर पाँच वर्ष शासन गर्ने सपना देख्ने नेपालको लोकतन्त्रको अभ्यासलाई हामीले रोक्नका लागि दुई ठूला दल मिल्नुपरेपनि लोकतन्त्रको भविष्यको बाटो नभएको महासचिव पोखरेलको प्रष्टोक्ति थियो ।

महासचिव पोखरेलले प्रविधिको युगमा नियोजित ढंगले भाइरल बनाउने धन्दा कहाँ कहाँबाट भइरहेको छ भन्ने पत्ता लगाउन र राष्ट्र कमजोर पार्ने त्यस्ता गलत सूचनाहरु नियन्त्रण गर्न सूचना प्रविधि प्रदायक कम्पनीहरु सक्षम रहेको दावीसमेत गर्नुभयो । उहाँले जबसम्म नीतिगत नेतृत्वका आधारमा समाजलाई डो¥याउने अवस्थामा हामी पुग्दैनौं तबसम्म विकास र समृद्धिको हाम्रो सपना पनि पुरा हुन नसक्ने स्पष्ट पार्नुभयो ।