३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


संघियता विरोधी संघियता ल्याउने पार्टीहरू नै हुन् : जनार्दन शर्मा


650
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले संघियता विरोधी संघियता ल्याउने पार्टीहरू नै रहेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित संघियताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले २५ हजारदेखि ५० हजारसम्मका बजेट पनि संघले विनियोजन गर्ने परिपाटी रहेको बताउँदै प्रदेश र स्थानीय तहप्रति संघ सरकारले विश्वास नगरेको बताउनुभयो । उहाँले संघियताको विरोधी अरू कोही नभएर सङ्घीयता ल्याउने र संविधान बनाउने पार्टीहरू रहेको पुष्टि भएको जिकिर गर्नुभयो ।

उपमहासचिव शर्माले संघियता ल्याउने र संविधान बनाउने पार्टीहरू सत्तामा पुग्दा संघियता कार्यान्वयन नहुने गरेको बताउँदै कानुन नबन्दा प्रदेश सरकारले अधिकार नपाएको बताउनुभयो । उहाँले बनेका कानुनको अधिकार प्रदेशलाई हस्तान्तरण नहुने, बनेको कानुन कार्यान्वयन नहुने, बजेट फिर्ता ल्याइने जस्ता कामहरू संघ सरकारबाट भएको बताउँदै संघियता प्रतिको बुझाइ नै बेठिक भएको जिकिर गर्नुभयो ।

उपमहासचिव शर्माले संघियता कार्यान्वयनको लागि सङ्घीयताका पक्षधरहरूले दबाब दिनुपर्नेमा जोड दिनुभयो ।