
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सांगठनिक अभ्यास, राजनीतिक सुधार र कार्यविधि परिवर्तन गर्न सरकारलाई सुझाव दिनुभएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद झाले वर्तमानको आवश्यकता र सरकारको प्राथमिकता फरक भएको भन्दै सुशासनको विषयमा जोड दिन आग्रह गर्नुभएको हो ।
सांसद झाले हामीलाई ५र१० दिनमा लाइसेन्स चाहिएको भएपनि सरकारले पानी जहाज कार्यालय उद्घाटनको काम गरिरहेको बताउनुभयो । देशमा सुशासन सुधार गर्नुपर्ने अवस्थामा सरकारले भने अर्कै सपना देखाउने गरेको उहाँको भनाई छ । सरकारको आकार ठूलो भएको बताउँदै उहाँले संघीयताको सवलीकरणका लागि धेरै संस्था खोल्न बन्द गर्नुपर्ने बताउनुभयो ।
सांसद झाले सुशासन नसुधारि जनतालाई पानी जहाज र मोनोरेलको सपना देखाएरमात्र नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्