३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकार चाहेको छ : निशा डाँगी


260
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक निशा डाँगीले जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकारको चाहना राखेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सचेतक डाँगीले जेनजी पुस्ताको भविष् सुनिश्चित गर्न माग गर्नुभयो । उहाँले पाका नेतृत्वहरुबाट अब देश विकास हुने आश मरिसकेको बताउनुभयो । उहाँले नयाँ अनुहार र नयाँ सोचको नेतृत्व जेनजी पुस्ताले चाहेको बताउनुभयो । रोजगारी र उद्यमशिलतामा प्रोत्साहन गर्ने नीति अहिलेको आवश्यकता भएको बताउनुभयो ।

सचेतक डाँगीले आफूहरु केबल डिग्रि नभइ गुणस्तरीय शिक्षा चाहने बताउनुभयो ।