
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा केही भएन भनेर भ्रम फिँजाउनेहरु नेपाल बिरोधी वर्ग भएको बताउनुभएको छ ।
सोमबार सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा २०७८ असार १ गतेको बाढीले पु¥याएको क्षेत्रको स्थलगत अनुगमन गर्दै मन्त्री खड्काले यस्तो बताउनुभएको हो । नेपालमा केही पनि भएन भनेर नकारात्मक भाष्य फिँजाउन एउटा वर्ग नै लागेको उहाँको भनाइ छ ।
मन्त्री खड्काले देश आफैँले बनाउने भन्दै सकारात्मक सोचका साथ काम गर्नुपर्ने बताउनुभयो । नेपालमा केही पनि भएन भनेर नेपालको अर्थतन्त्र बिगार्न लागिपरेका तत्वहरुप्रति सजग रहन आग्रह समेत गर्नुभयो । उहाँले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पु¥याएको क्षति नोक्शानीप्रति सरकार गम्भीर रहेको पनि बताउनुभयो ।
मन्त्री खड्काले २०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा पु¥याएको क्षतिको पुनर्निर्माणमा सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले इन्द्रावती गाउँपालिकास्थित भीमटारमा रहेको २२ वटा टारमा इन्द्रावती नदीको पानी ल्याएर सिंचाईका लागि विस्तृत परियोजना अघि बढाइएको जिकिर गर्नुभयो ।
मन्त्री खड्काले उक्त २२ वटा टारलाई सिंचाईको व्यवस्था मिलाएपछि सम्पूर्णको जिल्लाको लागि खाद्यान्नको लागि अन्त धाउनु नपर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सिन्धुपाल्चोकको कारणले काठमाडौंवासीले पानी पाएको भन्दै सरकारसँग दाबी गर्ने अधिकार समेत समेत धारणा राख्नुभयो ।
मन्त्री खड्काले प्राकृतिक प्रकोपको जोखिमहरू भइरहने हुनाले खोला किनारमा अझै पनि ध्यान दिनुपर्ने जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्