
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अराजक रुपमा प्रश्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकता भएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गुरुङले अनलाइनको माध्यमबाट अफवाह फैलाइरहेको भन्दै धार्मिक, राजनीतिक र राज्यशक्तिमाथि अराजक किसिमबाट सामाजिक सञ्जालको प्रयोग हुने गरेको बताउनुभयो । यसले प्रेसलाई बद्नाम गर्ने काम गरिरहेको उल्लेख गर्नुभयो । प्रेस स्वतन्त्रता बलियो भएमात्रै प्रजातन्त्र बलियो हुने बताउनुभयो ।
मन्त्री गुरुङले जलवायु परिवर्तनको असर बढ्दै गएको भन्दै समयमै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रेस जगतको महत्वपूर्ण भुमिका रहेको बताउँदै प्रेस जगतले जलवायु परिवर्तनबाट उत्पन्न समस्या र यसले विकास निर्माण र समाजमा पारेको असरबारे आम नागरिकलाई सुसूचीत गर्नुपर्ने बताउनुभयो । उहाँले आजको दुनियाँमा खाली विकासमात्र भन्ने तर प्राकृतिक तौरतरिकामा कुनै मान्यता नराखिनु दुर्भाग्यपूर्ण भएको स्पष्ट पार्नुभयो । विकास कुनै व्यक्तिको सनकमा भइरहेकाले अबको दश वर्षपछि त्यसले निम्त्याउने समस्या कस्तो होला भनेर सञ्चार क्षेत्रले बहस चलाउनुपर्ने बेला आएको मन्त्री सुब्बाको भनाई थियो ।
मन्त्री गुरुङले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ ले हिमाली क्षेत्र लोमान्थाङमा पुगेर जलवायु परिवर्तनले पारेको असरबारे समिटबाट प्राप्त सुझावहरुले आपूmहरुलाई यसबारेमा सोच्न दबाब पार्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्