
काठमाडौं । सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर कारोबार भएको जनाएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । मंगलबार तोलामा १ लाख ८९ हजार ९ सय रुपैया कायम थियो ।
यसैबिच चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ९ सय ६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि सोही मूल्य कायम भएको हो ।
प्रतिक्रिया दिनुहोस्