
काठमाडौं । अप्टिमिस्टिक क्लब अफ डेरी इन्टरप्रेनर्सको आयोजनामा सामाजिक सञ्जाल र आत्मअनुशासन विषयमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ र संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । क्लबका सचिव प्रस्तुतकर्ता सरोज ओझाले आत्मअनुशासनका व्यवहारिक उपायहरू र डिजिटल डिटक्सको अभ्यासबारे जानकारी गराउनुभयो । ओझाले समाजमा मौलाउँदै गएको विकृति रोकथाममा सघाउ पुगोस् भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताउनुहुँदै प्रविधिको प्रयोगलाई विवेकपूर्वक र उद्देश्यसहित प्रयोग गर्न सिक्न आवश्यक रहेको र समाजमा सामाजिक संजालले निम्त्याउन सक्ने जोखिम, मौलाउँदै गएको विकृति आदिको नियन्त्रण तथा रोकथामका निम्ती हामीले बेलैमा सचेत रहदै आवश्यक कदम चाल्न उत्तिकै आवश्यक रहेको बताउनभयो ।
त्यस्तै, अप्टिमिस्टिक क्लब इन्टरनेशनल नेपाल च्याप्टरका महासचिव ऋषिश्वर थपलियाले युवा पुस्ता सबैभन्दा धेरै प्रभावित वर्ग भएकोले उनीहरूमा आत्मअनुशासनको विकास हुन अत्यावश्यक छ भन्ने कुरा माथि जोड दिनुभयो । उहाँले सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोगबीचको सन्तुलनबारे चिन्ता व्यक्त गर्दै आत्मअनुशासनको खाँचो औंल्याउनुभयो ।
नेपाल च्याप्टरका कोषाध्यक्ष विजय सत्यालले यदि समय र प्रयोगमा नियन्त्रण राख्न सक्यौं भने सामाजिक सञ्जाल आर्थिक र सामाजिक उन्नतिको साधन बन्न सक्ने बताउनभयो । शिक्षाविद् तथा युरेका स्कूलका प्राचार्य प्रभाकर रिजालले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सामाजिक सञ्जाल लक्ष्य नभई, लक्ष्यमा पुग्न प्रयोग गरिने एक साधन मात्र भएकाले यसलाई सोही अनुरुप प्रयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति तथा अप्टिमिस्टिक क्लब अफ डेरी इन्टरप्रेनर्सका अध्यक्ष प्रल्हाद दाहालले जनचेतनामूलक कार्यक्रमको माध्यमबाट सामाजिक विकृतिलाई रोक्ने प्रयास स्वरुप कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै सामाजिक सञ्जाललाई नियन्त्रणमा राख्न नसके समाजमा गम्भीर प्रभाव पर्न सक्ने र कार्यक्रमले डिजिटल जीवनशैलीमा सन्तुलन कायम गर्न आवश्यक चेतना फैलाउन सफल हुने पनि उहाँले जनाउनुभयो ।
कार्यक्रमका सहभागीहरुले सामाजिक संजाल समाजको ऐना भएकाले यसको प्रयोग गर्दा आफनो र अरुको छविलाई धुमिल हुन नदिने तर्फ बिशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
त्यसैगरि क्लबका सचिव प्रस्तुतकर्ता एवं मिडिया विज्ञ सरोज ओझाले स्वागत मन्तव्यसहित सामाजिक सञ्जाल र आत्मअनुशासन शीर्षकमा प्रस्तुती दिनुहुँदै आत्मअनुशासनका व्यवहारिक उपायहरू र डिजिटल डिटक्सको अभ्यासबारे जानकारी गराउनुभयो ।
ओझाले समाजमा मौलाउँदै गएको विकृति रोकथाममा सघाउ पुगोस् भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताउनभयो
कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रिय उपाध्यक्ष दिप प्रसाद धमला, राष्ट्रिय दुग्ध विकास बोर्डका बोर्ड सदस्य रामभक्त दाहाल, कृषि तथा पशु पंक्षि व्यवसायी संघका अध्यक्ष टिका प्रसाद घिमिरे, नव प्रभात डेरी उद्योगका प्रबन्ध निर्देशक सुरेश शर्मा, दृष्य बहुउदेश्यीय सहकारी संस्थाका प्रतिनिधि हुद्दराज तिमल्सिना, काठमाडौं जेसिजका अध्यक्ष श्याम कुमार घिमिरे, समानन्तर ग्रुपका निर्देशक श्रीकृष्ण भण्डारी, नेती डेरी उद्योगका निर्देशक दिपक सन्जेल लगायतका महानुभावहरु कार्यक्रममा अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रमको अन्त्यमा अप्टिमिस्टिक क्लब अफ डेरी इन्टरप्रेनर्सका उपाध्यक्ष रमेश सन्जेलले उपस्थित सबैलाई धन्यबाद दिंदै आगामी दिनमा पनि यसरी नै सबैको साथ र सहयोग पाउने अपेक्षा गर्दै कार्यक्रमको समापन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्