Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


नीति तथा कार्यक्रममा राष्ट्र निर्माणको लागि दृढ संकल्प आउन सकेन : देवेन्द्र पौडेल


221
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले राष्ट्र निर्माणको लागि दृढ संकल्पका साथ नीति तथा कार्यक्रम आउनुपर्ने भएपनि त्यस्तो आउन नसकेको बताउनुभएको छ ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद पौडेलले
नीति कार्यक्रममा सार्वजनिक सेवा प्रवाह, आर्थिक गतिशिलता, सामाजिक न्याय, हप्तामा २० घण्टा विद्यार्थीलाई काममा लगाउने कुरा, विद्यार्थीका लागि पढ्दै कमाउँदै, नागरिक एप्स, इ।गभर्मेण्ट बोर्ड, अनलाइन कर प्रणाली, युवा केन्द्रित स्टार्टअप, साइबर सुरक्षा, डिजिटल नेपाल फ्रेमवर्क, तीन तहको सरकारको एकीकृत परियोजना बैंकिङ प्रणाली जस्ता विषयहरु राखेकोमा धन्यवाद दिनुभयो । उहाँले यसअघिको नीति तथा कार्यक्रमका कारण ६ सय ६१ स्टार्टअपले लोन पाएको बताउनुभयो ।

सांसद पौडेलले नीति तथा कार्यक्रमले सिक्ने किसिमको नीति तथा कार्यक्रम समेत ल्याउन नसकेको बताउनुभयो ।