
web pic
काठमाडौं । उदयपुरको कटारी नगरपालिकामा चट्याङ लागेर एक जना बालकको मृत्यु भएको छ ।
कटारी-८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको हो ।
सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए ।
इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईँले घटनाको थप अनुसन्धान हुने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्