३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


‘जलवायु अनुकुलन विकास र जलवायु परिवर्तन न्युनिकरणमा सबैले साझा जोड दिन आवश्यक’


208
Shares

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु अनुकुलन विकास र जलवायु परिवर्तन न्युनिकरणमा सबैले साझा जोड दिन आवश्यक रहेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले हरित गृह ग्यास, उत्सर्जनमा नेपालको भुमिका नगण्य रहेको भएपनि यसबाट बढी प्रभावित हुने मुलुकमा नेपाल रहेको बताउनुभयो । उहाँले मुलुकको कुल भूभागको करिव ४५ प्रतिशत जमिन वन क्षेत्रले ढाकेको र कुल भूभागको करिब २३ प्रतिशत जमिन संरक्षित क्षेत्रले ओगटेको बताउँदै वनको संरक्षणबाट वातावरण शुद्धिकरण गर्न र जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न सघाउ पुग्नुका साथै वातावरण बिगार्ने हानिकारक कार्बनलाई शोषण गर्न समेत सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

उपराष्ट्रपति यादवले जलवायु परिवर्तनका कारण विश्वको तापक्रम बढ्ने हिमालय पग्लिँदै जाने हो भने यसले धेरैको जनजीवनमा गम्भीर प्रभाव पर्ने बताउनुभयो । उहाँले हिमाल जोगाउन साझा प्रयास जुटाउनुपर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय जलवायु वित्त कोषमा नेपालको पहुँच बढाइ देशभित्र जलवायु परिवर्तन अनुकुलन र न्युनिकरण तथा वातावरण संरक्षण कार्यका लागि श्रोत जुटाउने पहलको खाँचो रहेको बताउनुभयो ।

उपराष्ट्रपति यादवले नेपाल जस्तो संवेदनशील भौगर्भिक धरातल भएको मुलुकमा जलवायु परिवर्तनले सिजर्ना गरेका समस्या र चुनौतिहरु अरु देशको तुलनामा उच्च रहेको बताउनुभयो । जलवायु परिवर्तनकै कारण तराई/मधेश क्षेत्रका पानीका श्रोतहरुको स्तर निकै तल पुगिसकेको बताउनुभयो ।