Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


विकल्प प्रयोग गरेर भएपनि अध्यादेश पारित गर्छौं : शंकर पोखरेल


3.8k
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेशको बिरोध गरेर पारित हुनबाट नरोकिने बताउनुभएको छ ।

शुक्रबार नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित नेपालका लागि आइसिटी आधारित उद्यमशिलताः आर्थिक समृद्धिको नयाँ बाटो विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सरकारले ल्याएको अध्यादेश देशको अर्थतन्त्र चलायमान बनाउने र उद्योग क्षेत्रलाई प्रवद्र्धन गर्ने हिसाबले ल्याएको बताउनुभयो ।

महासचिव पोखरेलले अध्यादेशको विरोध भयो भनेर कोशिस असफल नहुने बताउनुभयो । उहाँले दुई प्रमुख राजनीतिक दलहरुले सचेततापूर्वक अध्यादेश ल्याएको उल्लेख गर्दै पारित गर्ने अनेक विकल्पहरु रहेको बताउनुभयो । विकल्प प्रयोग गरेर भएपनि अध्यादेशलाई राज्यको कानूनमा ढाल्ने बताउनुभयो ।

महासचिव पोखरेलले अध्यादेश आफैँमा कानून भएको बताउनुभयो । कार्यान्वयनका लागि नियमावली नरहेको कुरा आएको भन्दै नियम बनाएर गर्ने भन्ने चिजका लागि मात्रै नियमावली आवश्यक हुने बताउनुभयो ।

महासचिव पोखरेलले सरकारले आइसिटी बाहेक अरु कुनै क्षेत्रका लागि विदेशमा लगानी गर्ने अनुमति नदिएको बताउनुभयो ।