Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


साझा वैदेशिक सहायता नीति आवश्यक : विश्वप्रकाश शर्मा


65
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको साझा वैदेशिक सहायता नीति आवश्यक रहेको बताउनुभएको छ ।

बुधबार नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बोल्दै महामन्त्री शर्माले वैदेशिक सहायता नीतिको साझा श्वेतपत्र बनाउन सरकारले पहल गर्न जरुरी रहेको बताउनुभयो । हालसम्म नेपालले पाएका वैदेशिक सहायताको तथ्यांक श्वेतपत्रमा राख्नुपर्ने पनि बताउनुभयो । उहाँले वाह्य सहयोगको सन्दर्भमा नेपाल शतर्क, उदार, जिम्मेवार र गम्भीर बन्नुपर्ने बताउनुभयो ।

महामन्त्री शर्माले निश्चित दल विशेषको आकंक्षा र चाहना भन्दा राष्ट्रिय रुपमा साझा दृष्टिबाट वैदेशिक सहयोग लिने व्यवस्था गर्नुपर्नै बताउनुभयो ।