Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


एमसिसी राम्रो रहेछ भन्नेकुरा जनताले अहिले आएर बुझेका छन् : देउवा


3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)ले राम्रो भएको कुरा नागरिकले अहिले आएर बुझेको बताउनुभएको छ ।

बुधबार नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बोल्दै सभापति देउवाले एमसिसी पास गराउन पनि धेरै गाह्रो भएको स्मरण गर्दै उहाँले अहिले आम नागरिकले सही रहेछ भन्नेकुरा बुझेको बताउनुभयो ।

सभापति देउवाले पास गराउने बेलामा धेरै ठूलो विरोध भएपनि अहिले आएर साँच्चिकै राम्रो रहेछ भन्नेकुरा सबैले थाहा पाएको बताउनुभयो । उहाँले व्यापार गर्ने र उद्योग खोल्ने काम सरकारको नभएको भन्दै व्यापार व्यापारीले र उद्योग उद्योगपतिले नै खोल्ने बताउनुभयो ।

सभापति देउवाले कुनै देशको ऋण लिँदा पनि ऋणको भारमा नपर्नेगरी लिनुपर्ने बताउनुभयो ।