Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


बलियो राजनीतिक दलले मात्रै देश बनाउन सक्छ : शंकर पोखरेल


286
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलिया राजनीतिक दलहरुले मात्रै देश बनाउनसक्ने बताउनुभएको छ ।

बिहीबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालामा बोल्दै महासचिव पोखरेलले देश साना राजनीतिक दलहरु नभइ बलिया राजनीतिक दलहरुले मात्रै बनाउनसक्ने भएकाले सोहीअनुरुप जनमतलाई धु्रविकृत गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

महासचिव पोखरेलले मुलुकमा विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएको बताउनुभयो । देशको कुनैपनि विकासका सन्दर्भमा भिजनरी लिडरसिप, स्ट्रङ पोल्टिकल पार्टी, पोल्टिकल स्टाब्लिटी जरुरी रहेको र त्यो नेकपा एमालेसँग मात्रै रहेको उल्लेख गर्नुभयो ।

महासचिव पोखरेलले स्ववियु चुनावबाट देशभक्तिका पक्षमा, विकास र समृद्धि, सामाजिक न्यायका पक्षमा उभिने युवाहरुलाई अनेरास्ववियुको झण्डामुनि उभ्याउने कामको नेतृत्व गर्नुपर्ने बताउनुभयो ।

Skip This