
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज जनकपुर र सुदुरपश्चिम तथा काठमाडौं र लुम्बिनी भिड्नेछन् ।
त्रिवि क्रिकेट मैदान किर्तीपुरमा बिहान ९ बजे शुरु हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र सुदुपश्चिम रोयल्स भिड्नेछन् । प्रतियोगिताको शीर्ष दुई स्थानमा रहेका यी दुई टोलीबिचको भिडन्तलाई उपाधि दावेदारहरुको भिडन्तको रुपमा हेरिएको छ ।
लगातार चार खेल जितेको जनकपुर ८ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ६ अंक जोडेको सुदुरपश्चिम दोस्रो स्थानमा छ ।
आजै हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्नेछन् । पाँच खेलबाट दुई अंक जोडेको लुम्बिनी तालिकाको पाँचौ स्थानमा छ भने तीन खेलबाट २ अंक जोडेको काठमाडौ छैटौं स्थानमा छ । एनपिएल क्रिकेटको प्लेअफ्मा पुग्ने संभावना बलियो पार्न दुवै टोली आज जित्नैपर्ने दबाबमा छन् ।
प्रतिक्रिया दिनुहोस्