Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


रामकलेवा विधि गरेसँगै विधिवत रुपमा सकियो रामजानकी विवाह


364
Shares

काठमाडौं । प्राचिन मिथिलाको राजधानी जनकपुरमा प्रत्येक वर्ष मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव आज रामकलेवा विधि गरेसँगै विधिवत रुपमा सम्पन्न भएको छ ।

अयोध्याबाट आएका जन्तीलाई मिथिला भोजन (रामकलेवा) तथा दक्षिणा प्रदान गरिएसँगै साताव्यापी रामजानकी विवाह महोत्सव विधिवतरुपमा सम्पन्न भएको हो ।

शुक्रबार राति रामसीताको प्रतीकात्मक रुपमा मिथिला परम्पराअनुसार विवाह भएको थियो । यस अवसरमा जानकी मन्दिरलाई नवदुलहीझैँ सिँगारिएको थियो । जानकी मन्दिर प्राङ्गणमा राम, लक्ष्मण, भरत, शत्रुघ्नको प्रतिमूर्तिमा विधिवत पूजापाठ तथा भोजन गराई जन्तीको विदाइ गरिएको हो । रामकलेवापछि रामजानकी विवाह महोत्सव यसवर्ष विधिवत् रुपमा सम्पन्न भएको जानकी मन्दिरका महन्थ रामरोशन दास वैष्णवले जानकारी दिनुभयो ।

रामजानकी विवाह महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठौँ दिन रामजानकी विवाह महोत्सव तथा सातौँ दिन आज रामकलेवा भएको हो ।