Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


सुनसरीमा ३४० किलो गाँजासहित ४ जना पक्राउ


624
Shares

धरान । सुनसरीको कोशी गाँउपालिका– ७ हरीपुरस्थित पूर्व पश्चिम राजमार्गमा गाजा बोकेको ट्रकसहित चार जनालाई कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।

कालो त्रिपालले पछाडिको भागमा छोपिएको ट्रकसहित उनीहरुलाई पक्राउ गरि आज सार्वजनिक गरेको हो ।

प्रहरीले ट्रक धनी समेत रहेका चालक धनकुटाको शहिदभुमी गाउँपालिका– ४ का ३० बर्षिय जयप्रकाश राईसहित ४ जनालाइ पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो ।.

पक्राउ पर्नेमा भोजपुरको पौवादुम्बा गाउपालिका–६ का २२ वर्षिय समिर राई, सुनसरीको कोशी गाउँपालिकाका २५ वर्षिय भक्ति उपनामका विहारी मुखिया र २२ वर्षिय रुपेश यादव रहेका छन् ।

प्रहरीले ट्रक सहित ११ वटा बोरामा लुकाइराखेको ३ सय ४० केजी गाजा बरामद गरेको एसपी तिम्सिनाले बताउनुभयो ।