Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


नवलपुरमा गण्डकी प्रदेश महोत्सव हुँदै


117
Shares

नवलपुर । नवलपुरमा गण्डकी प्रदेश महोत्सव आयोजना हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले कात्तिक २६ गतेदेखि मंसिर १० गतेसम्म नवलपुरकोे गैँडाकोटमा मेला आयोजना गर्न लागेको हो ।

दोस्रो संस्करणको महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला, कृषि, पुष्प, अटोमोबाइल, सूचना तथा प्रविधि देखि दैनिक उपभोग्य वस्तु तथा घरायसी सामान लगायतका तीन सय बढी स्टल रहने महोत्सवका मूल संयोजक महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले जानकारी दिनुभयो ।

सिंगो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैंमा महत्वपूर्ण भएको आयोजकको दाबी छ । महोत्सवमा एक करोड ७० लाखको कारोबार हुने आयोजकको अनुमान छ ।