Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ


0
Shares

काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगरबाट पक्राउ गरिएका उनलाई आज काठमाडौं पुर्‍याइँदैछ ।

मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारी मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराइ जापान गएका थिए । उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएकोमा जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काएको थियो । कात्तिक १३ गते जापान उडेका उनलाई टोकियो विमानस्थलमा ४८ घण्टा राखेर फिर्ता गरेको थियो ।

मानव तस्करी गरेर मन्त्री जापान गएको भन्दै विरोध भएपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए । शनिबार एमालेको कोशी प्रदेश कमिटीले उनलाई राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो भने शनिबार नै बसेको एमाले सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो ।

आफूलाई फसाइएको दाबी गरेका अधिकारीले अनुसन्धानमा सघाउने बताएका छन् । उनीसँगै जापान गएकाहरुलाई पनि पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।