Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


पालिकाहरुले उठाउने सडक कर तत्काल रोक्न गृह मन्त्रालयको निर्देशन


3.1k
Shares

काठमाडौं । गृह मन्त्रालयले स्थानीय प्रशासनलाई पालिकाहरुले गैरकानुनी रुपमा उठाउने सडक कर तत्काल रोक्न निर्देशन दिएको छ ।

मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै स्थानीय तहहरुले गैरकानुनी रुपमा उठाउने सडक दस्तुर तत्काल रोक्न भनेको हो ।

भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्रालयको कात्तिक ११ गतेको पत्रबाट राष्ट्रिय राजमार्ग तथा सहायक राजमार्गमा स्थानीय सरकारहरूले विभिन्न किसिमका करहरू उठाउने सम्बन्धमा पहिले पनि पत्राचार भएर उक्त कार्य रोकिएकोमा फेरि स्थानीय सरकारहरूले कर उठाइरहेको भन्दै तत्काल रोक्न भनिएको हो ।

यातायात ब्यावसायीहरुले पालिकापिच्छे कर तिर्नुपरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका थिए. । पालिकाहरुले आन्तरिक स्रोत परिचालन भन्दै यातायातलगायतका कर मनपरी असुल्ने गरेका छन् ।