Logo ६ माघ २०८२, मंगलबार | Tue Jan 20 2026


‘नेपालमा वैद्यखाना चलाउनका लागि कानूनी बाधा छ’


351
Shares

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले विद्यमान अवस्थामा सरकारले वैद्यखाना चलाउन सक्ने अवस्था नरहेको जनाएको छ ।

धन्वन्तरी जयन्ति तथा आरोग्यता दिवसको अवसर पारेर मंगल काठमाडौंमा पत्रकार सम्मेलन गरी विभागले कानूनी अवस्थामा परिवर्तन नगर्ने हो भने नेपालमा वैद्यखाना चलाउने अवस्था नरहेको निस्कर्ष सुनाएको हो ।

विभागका महानिर्देशक डा. प्रदीप केसीले अमला टिपेर आयआर्जन गर्छु भन्नेहरुलाई समेत १० ठाउँमा कर लगाएर गरिखाने अवस्था नरहेको उल्लेख गर्दै त्यसैकारण नेपालमा कुनैपनि वैद्यखाना सरकारले सञ्चालन गर्न सक्ने अवस्थामा नभएको बताउनुभयो । उहाँले सिंहदरबार बैद्यखानालाई सुचारु गराउन पनि सरकारले विद्यमान कानून अवस्थामा परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले स्वस्थ नागरिक बन्नका लागि योग र ध्यानमा जोड दिन पनि आग्रह गर्नुभयो ।

विभागले आयुर्वेद मानव स्वास्थ्यका लागि अति उपयोगी भएकाले यसको प्रचारप्रसारमा जोड दिनुपर्ने पनि जनाएको छ । महानिर्देशक डा. केसीले स्वस्थ मानव बन्नका लागि आयुर्वेदको आवश्यकता र महत्व झनै बढेर गएको बताउनुभयो ।