Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


एमाले सचिवालय बैठक बस्दै


0
Shares

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको प्रचार तथा प्रसार विभागले जनाएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

यसैगरि आजको बैठकमा एमालेले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गाका बारेमा आलोचना हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको बैठक बोलाएको जनाइएको छ ।