Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


उपनिर्वाचनमा महिला उम्मेदवार हुने गरी मनोनयन पत्र पेश गर्न आयोगको निर्देशन


572
Shares

काठमाडौँ । आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न राजनीतिक दलहरुलाई निर्वाचन आयोगले निर्देशन दिएको छ ।

असोज ३० गते बसेको आयोगको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको आयोगले जनाएको छ । आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुन लागेको छ भने त्यसका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको कार्यक्रम तय भएको छ ।

आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा स्थानीय तहमा रिक्त रहेको गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाका प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको उल्लेख छ ।

Skip This