
काठमाडौं । दशैं-तिहार नजिकिएसँगै काठमाडौंमा चंगा देखिन थालेको छ ।
काठमाडौंमा वर्षाका देवता इन्द्रलाई पानी पुग्यो अब नबर्साउनु भन्ने सन्देश दिन चंगा उडाउने चलन बसेको भनिन्छ । यता आकाशमा रंगीबिरंगी चंगा उड्न थालेपछि दशैंको माहोल शुरु भएको पनि भनिन्छ ।
अहिले काठमाडौं उपत्यकाका गल्लि चोकदेखि व्यापारी क्षेत्रमा चंगाको व्यापार बढेको छ, पसलेलाई ग्राहकको माग पूरा गर्न हम्मेहम्मे परेको छ । अहिले कागजबाट बनेको चंगाभन्दा भारतबाट आएको रंगीविरंगी प्लास्टिकका चंंगाले स्थान ओगटेको छ ।
नेपालमै बनाइने चंगा महँगो भएकोले भारतीय बजारबाट ल्याइएको प्लास्टिकको चंगाप्रति उपभोक्ताको रोजाइ परेको विक्रेताहरुले बताएका छन् ।







प्रतिक्रिया दिनुहोस्