२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


शेयर बजार २७ अंकले घट्दै नेप्से २६ सय ६३ मा झर्‍यो


494
Shares

काठमाडौं । शेयर बजार परिसूचक नेप्से मंगलबार २७.३९ अंकले घटेर २६६३ को विन्दुमा झरेको छ ।

बजार घटेसँगै मंगलबार कारोबार रकम पनि ह्वात्तै घटेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये मंगलबार १२ वटा उपसमूह घटेका छन् भने एउटा उपसमूह स्थिर रह्यो । वित्त उपसमूहको परिसूचक सर्वाधिक २ दशमलव ७६ प्रतिशतले घट्दा विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूह परिसूचक १ प्रतिशतभन्दा बढीले घटेका छन् ।

म्युचुअल फण्ड उपसमूह भने मंगलबार स्थिर रह्यो । तीन सय स्टकको एक करोड तीन लाख ३० हजार कित्ता शेयर मंगलबार ४ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । सोमबार सात अर्ब बढीको कारोबार भएको थियो । घटेको बजारमा मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने ईस्टर्न हाइड्रो पावर कम्पनीको सर्वाधिक साढे ८ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा मंगलबार एनएलजी इन्स्योरेन्सको सर्वाधिक २७ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।