२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


पार्टीलाई बन्देज गर्ने कुरा रास्वपाले स्वीकार्दैन : सन्तोष परियार


4.719k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक अस्थिरताका नाममा समावेशी, समानुपातिकलाई घटाउने कुरा स्वीकार गर्न नसकिने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख सचेतक परियारले यस्तो बताउनुभएको हो ।

प्रमुख सचेतक परियारले दुई दल र तीन दलका नाममा थ्रेस होल्ड बढाउने कुरा आफूहरुलाई स्वीकार्य हुन नसक्ने बताउनुभयो । उहाँले नेपाली जनताको चाहनाअनुरुपको पार्टीहरुलाई बन्देज गर्ने प्रयास गरिए राष्ट्रिय स्वतन्त्र पार्टी संविधान संशोधनको पक्षमा नरहने बताउनुभयो ।

प्रमुख सचेतक परियारले आफूले बनाएको संविधानमाथि नै अहिलेका राजनीतिक दलहरुलाई विश्वास नभएको बताउनुभयो ।