Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


सिटिजन्स फोन-पे क्रेडिट कार्ड सुरुवात


364
Shares

काठमाडौं । सिटिजन्स बैंकले फोनपेसँगको साझेदारीमा नेपाल कै पहिलो भर्चुअल क्रेडिट कार्डको सुरुवात गरेको छ ।

सिटिजन्स फोनपे क्रेडिट कार्ड, नेपालको आफ्नै कार्ड स्किम हो ।

यो नयाँ समाधानले नेपालमा पहिलो पटक, क्यूआर भुक्तानी र क्रेडिटको लचकतालाई पूर्णतया भर्चुअल बनाएको कम्पनीको दाबी छ । यसले प्रयोगकर्तालाई सहज र सुरक्षित भुक्तानी अनुभव प्रदान गर्दै, आफ्नो कारोबार सजिलै व्यवस्थापन गर्ने सुविधा दिने जनाइएको छ ।

तत्काल जारी गर्न सकिने यो कार्ड सेवामा १४ लाख भन्दा बढी फोनपे मर्चेन्टहरूमा सजिलै स्क्यान गरेर भुक्तानी गर्न सकिने, खर्च ट्र्याकिङ गर्न सकिने, ४५ दिनसम्म ब्याज–मुक्त क्रेडिट अवधि जस्ता सुविधा भएको कम्पनीले जनाएको छ ।

बैंकले विशेष योजना अन्तर्गत् ५० प्रतिशत तत्काल क्यासब्याक अफर रहेको पनि जनाएको छ ।