Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


नेपाली फुटबल खेलाडीलाई प्रशिक्षणका लागि स्पेन लैजान्छु : प्रस्तावित राजदुत नेपाल


247
Shares

काठमाडौं । स्पेन अधिराज्यका लागि प्रस्तावित राजदुत सनिल नेपालले आफू राजदुत नियुक्त भए नेपाली फुटबल खेलाडीहरुलाई प्रशिक्षणका लागि स्पेन लैजाने बताउनुभएको छ ।

बिहीबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै प्रस्तावित राजदुत नेपालले स्पेनमा विश्वकै चर्चित फुटबल क्लवहरु रहेको उल्लेख गर्दै विभिन्न क्लवहरुसँग सहकार्य गरेर नेपालको फुटवल विकास गर्न लागि पर्ने बताउनुभयो । उहाँले नेपाली खेलाडीहरुलाई प्रशिक्षणका लागि स्पेन लैजाने र स्पेनका खेलाडीहरुलाई पनि नेपाल ल्याउने बताउनुभयो ।

प्रस्तावित राजदुत नेपालले खेल पर्यटनको सम्भावनाको खोजी गर्ने बताउनुभयो । उहाँले विश्वविद्यालयहरु र नेपाली संघसंस्थाको समन्वयमा स्पेनबाट नेपालमा स्वयंसेवी पर्यटक भित्राउने पनि उल्लेख गर्नुभयो ।

प्रस्तावित राजदुत नेपालले स्पेन वैदेशिक रोजगारीका दृष्टिले नेपालीहरुका लागि नयाँ गन्तव्य बनिरहेको भन्दै स्पेन सरकारसँग श्रम सम्झौताका लागि पहल गर्ने बताउनुभयो । उहाँले श्रम स्वीकृति नलिई स्पेन गएकाहरुलाई श्रम स्वीकृतिका लागि सहजीकरण गरिदिने पनि बताउनुभयो ।

Skip This