काठमाडौं, भदौ ३० । यो साता पनि पुँजीबजारमा दोहोरो अंकको वृद्धि आयो ।
साताको सेयरबजार परिसूचक नेप्से पहिलो दिनको तुलनामा करिब २६ अंकले बढेर अन्तिम दिन १२ सय ४४ अंकमा पुग्यो । गत साता पनि नेप्से ३९ अंकले बढेको थियो ।
यो साता निर्जीवन र जीवनबिमा समूहबाहेक अरु कारोबार भएका सबै समूहमा वृद्धि आयो ।
यो साता कारोबार परिमाणमा भने गिरावट आयो । १८६ कम्पनीका दुई अर्ब १० करोड १५ लाख रुपैयाँ बराबरका एक करोड दुई लाख ५५ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।
गत साता १९३ कम्पनीका दुई अर्ब ८८ करोड ५४ लाख रुपैयाँ बराबरका एक करोड दुई लाख ५५ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताको तुलनामा २७ प्रतिशत कम हो ।
यो साता कारोबार रकम, कारोबार सेयर संख्या र कारोबार संख्याको आधारमा पनि एनआइसी एसिया बैंक अग्रस्थानमा रह्यो ।
कारोबार रकमकै आधारमा एनआइसी एसिया बैंकलाई एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक र प्रभु बैंकले क्रमशः पच्छ्याउन पुगे ।









प्रतिक्रिया दिनुहोस्