
काठमाडौं । ललितपुरको बी एण्ड बी अस्पतालले नेपालमै पहिलो पटक सफलतापूर्वक रोबोटिक शल्यक्रियाको सुरुवात गरेको छ ।
यो अग्रगामी उपलब्धि नेपालको चिकित्सा क्षेत्रमा ऐतिहासिक कोसेढुङ्गा बनेको अस्पतालको दाबी छ ।
यसले शल्यक्रिया गर्ने तरिकामा आमूल परिवर्तन ल्याउने र बिरामीको स्वास्थ्योपचारमा अझ सुधार गर्ने चिकित्सकको भनाइ छ । यस अत्याधुनिक शल्यक्रिया प्रविधिले सुक्ष्म शल्यक्रियाको प्रक्रियालाई पनि अत्यन्त सटीक रुपमा सम्भव बनाउने दाबी गरिएको छ ।
रिकभरी समय कम हुनुका साथै बिरामीको स्वास्थ्यलाभ छिटो हुने बताइएको छ । उच्च प्रशिक्षित सर्जनद्वारा सञ्चालित रोबोटिक प्रणालीले जटिल शल्यक्रियामा निपूर्ण दक्षता सुनिश्चित गर्दै स्वास्थ्य सेवाप्रदान गर्ने नयाँ मापदण्ड स्थापित गरेको अस्पतालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्