Logo २८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026


नयाँ गठबन्धनको सरकारले जनतामा आशा पलाएको छ : नेता बस्नेत


286
Shares

काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले र काँग्रेस गठबन्धनको सरकार बनेका कारण जनतामा आशा र भरोसा पलाएको बताउनुभएको छ ।

आइतबार पूर्वमन्त्री बस्नेतले विकास संरक्षण तथा प्रवद्र्धन अभियानको शुभारम्भ गर्दै जनताको आशाको दियोलाई वर्तमान सरकारले निभ्न दिन नहुने बताउनु भएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेसँगै उद्योगी, शेयर बजार, बैंक, वित्तीय संस्था तथा अन्य व्यापार व्यवसायी उत्साही भएको बताउँदै उहाँले अब देशको अर्थतन्त्र सुधार हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

नेता बस्नेतले धरासायी बन्दै गएको देशको अर्थतन्त्रलाई वर्तमान सरकारले माथि उकास्ने बताउँदै नेपाल विद्युत् प्राधिकरणले विद्युतको लाइन काटिदिएका कारण उद्योगी पलायन हुनुपर्ने अवस्था बनेको आरोप लगाउनुभयो ।

नेता बस्नेतले उद्योगी पलायन हुने अवस्थालाई रोक्न प्रधानमन्त्रीले प्राधिकरणको निर्णयलाई उल्ट्याउँदै उद्योगीलाई उद्योग सञ्चालन गर्ने वातावरण बनाएको समेत बनाउनुभयो ।