Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


‘फोन-पे’ले एक वर्षमा गर्‍यो २५ करोड बढीको कारोबार


0
Shares

काठमाडौं । फोनपेले २५ करोडभन्दा बढीको युपिआई कारोबार गरेको छ ।

नेपालमा युपिआईको प्रयोग बढ्दै गएको पाइएको छ ।

फोनपेले, भारतीय यात्रुहरूद्वारा नेपालभरी युपिआई (यूनिफाइड पेमेन्ट्स इन्टरफेस) को प्रयोगमा ठूलो बृद्धि भएको जनाएको हो ।

२०२४ फेबु्रअरी २८ मा सुरु भएदेखि, युपिआईको प्रयोगबाट २५ करोड रुपैयाँ भन्दा बढी रकमको कारोबार भएको र ७७ वटै जिल्लामा १ लाखभन्दा बढी कारोबार भएको पनि कम्पनीले जनाएको छ ।

यसवर्ष, थप उच्च संख्यामा भारतीय पर्यटक नेपाल आउने अपेक्षा गरिएको छ । भारतीय पर्यटकले नेपाललाई सुन्दर दृश्य, समृद्ध सांस्कृतिक सम्पदा र बढ्दो साहसिक पर्यटनको लागि रोज्ने गरेका छन् ।

युपिआई भुक्तानीले मुद्रा साट्ने वा नगद बोक्ने झन्झट हटाएको छ । त्यसैले यात्रा सहज भएको पनि दाबी गरिएको छ । फोनपे नेटवर्क मार्फत युपिआई भुक्तानीको सजिलो, सुरक्षित र तत्काल सेवाले भारतीय पर्यटकहरूको कारोबारमा वृद्धि ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको फोन पेको दाबी छ ।