काठमाडौं । क्रसर उद्योग नविकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीहरुको आन्दोलनलाई नेपाल निर्माण व्यवसायी महासंघले ऐक्यवद्धता जनाएको छ ।
शुक्रबार माईतीघरमा पुगेर महासंघका महासचिव रोसन दाहालले क्रसर उद्योगीहरुको आन्दोलनमा महासंघको तर्फबाट उैक्यवद्धता जनाउनुभएको हो ।
महासचिव दाहालले क्रसर उद्योग बन्द हुँदा सबैभन्दा ठूलो मारमा पर्ने निमाण व्यवसायी पर्ने भन्दै सरकारले अविलम्व उनीहरुका माग सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले क्रसर उद्योग नभए निर्माण व्यवसायीका सम्पूर्ण काम रोकिने बताउनुभयो । उहाँले काम गरेर खानका लागि लाइसेन्स दिने तर पछि नयाँ ऐन,कानून बनाएर हतोत्साही बनाउने काम भएको भन्दै आपत्ति जनाउनुभयो ।
क्रसर उद्योग नविकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीहरुले गत असार १ गतेदेखि काठमाडौं लक्षित आन्दोलन गर्दै आएका छन् ।








प्रतिक्रिया दिनुहोस्