Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


राष्ट्रको समृद्धि संस्कृतिबाटै सम्भव छ : मन्त्री तामाङ


117
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रको समृद्धि संस्कृतिबाटै सम्भव रहेको बताउनुभएको छ । बुधवार सांस्कृतिक संस्थानको ५२ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री तामाङले संस्कृति समाज रुपान्तरणको सशक्त माध्यम भएको उल्लेख गर्नुभयो । उहाँले नेपाल बहुल जातजातिको सांस्कृतिक विविधताले भरिपूर्ण राष्ट्र भएकै कारण संस्कृतिबाटै समृद्धिको आधार निर्माणतर्फ विशेष ध्यानाकर्षण गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृतिको संरक्षण, संवद्र्धन, प्रवद्र्धन, दस्ताबेजीकरण तथा पुस्तान्तरणका लागि राज्यको नीतिलाई प्राथमिकताका साथ कार्यान्वयनलाई जोड दिएको बताउनुभयो ।

मन्त्री तामाङले नेपाल र नेपालीको अस्तित्व र पहिचानसँग जोडिएको संस्कृति जस्तो संवेदनशील विषयलाई संरक्षणतर्फ विशेष ध्यानाकर्षण हुनु जरुरी रहेको बताउनुभयो । उहाँले जातजातिका अमूर्त सांस्कृतिक सम्पदालाई दस्ताबेजीकरणसहित विश्व सांस्कृतिक सम्पदामा सूचिकणका लागि विशेष पहल अपरिहार्य रहेको बताउनुभयो ।

‘नेपाल र नेपालीको अस्तित्व र पहिचानसँग जोडिएको संस्कृति जस्तो संवेदनशील विषयलाई संरक्षणतर्फ विशेष ध्यानाकर्षण गरी जातजातिका अमूर्त सांस्कृतिक सम्पदालाई दस्ताबेजीकरण सहित विश्व सांस्कृतिक सम्पदामा सूचिकणका लागि विशेष पहल अपरिहार्य छ ।’ मन्त्री तामाङले भन्नुभयो ।

मन्त्री तामाङले संस्कृतिलाई पर्यटनसँग जोडेर पर्यटन लक्षित कार्यक्रम र उत्पादनतर्फ विशेष जोड दिनुपर्ने बताउनुभयो । उहाँले संस्कृतिका माध्यमबाट आर्थिक समृद्धिको मार्ग निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।