२ असार २०८२, सोमबार | Tue Jun 17 2025


प्रधानमन्त्री दाहाल भारतीय राष्ट्रपति मुर्मुको रात्रिभोजमा सहभागी


2.353k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले दिएको रात्रिभोजमा सहभागी हुनु भएको छ ।

राष्ट्रपति भवनको प्राङ्गणमा आइतबार राति आयोजना गरिएको विशेष समारोहमा प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ लिएपछि राष्ट्रपति मुर्मुले रात्रिभोजको आयोजना गर्नुभएको हो ।

रात्रिभोजका अवसरमा प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच संक्षिप्त कुराकानी भएको जनाइएको छ । रात्रिभोजमा श्रीलङ्काका राष्ट्रपति रणील विक्रमासिङ्गे, मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रबिन्द जुग्नौथलगायत अतिथिहरुको उपस्थित थियो ।

प्रधानमन्त्री दाहालले आज बिहान ११ बजे भारतीय राष्ट्रपति मुर्मुसँग भेट गर्नुहुनेछ । प्रधानमन्त्री दाहाल मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आइतबार दिउँसो नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्री दाहालका साथमा उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी रहेका छन्।

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किनु हुनेछ ।