२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


गृहमन्त्रीलाई संसदमा बोल्न दिनुपर्छ भन्ने ठाउँमा कांग्रेस आएको छ : सन्तोष परियार


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले नेपाली कांग्रेस संसदमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने कुरामा सकारात्मक देखिएको बताउनुभएको छ ।

मंगलबार सभामुख देवराज घिमिरेले दलका शिर्ष नेताहरुसँग गर्नुभएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक परियारले यस्तो बताउनुभएको हो ।

प्रमुख सचेतक परियारले नेपाली काँग्रेस सहज तरिकाले बोल्न दिनुपर्छ भन्ने ठाउँमा पुगेको बताउनुभयो । उहाँले कुनैपनि हिसावमा समिति बनाउन जरुरी नरहेको पार्टीको निस्कर्ष रहेको पनि बताउनुभयो । उहाँले व्यक्ति केन्द्रित भएर समितिको माग गर्नु तर्कसंगत नरहेको जिकिर गर्नुभयो ।

प्रमुख सचेतक परियारले आगामी संसदको बैठकमा गृहमन्त्रीले उक्ता विषयमा आफ्ना धारणा राख्ने पनि बताउनुभयो ।