 
	    काठमाडौं । काभ्रेको जंगलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जंगलमा आगो लगाएको आरोपमा पाँचजना पक्राउ परेका हुन् ।
आगो लगाएको अभियोगमा मैते तामाङ, विकास भुजेल, सविन सुनार, आइतीमाया तामाङ र लालकुमार सेन ठकुरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
उक्त वनमा लागेको आगो मानवबस्तीमा पस्दा रोशी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न स्थानमा ठूलो क्षति भएको थियो । आगलागीका कारण १५ घर नष्ट हुँदा करिब दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्