Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


माईक्रो रेल प्रविधिमा आधारित पोर्ड वेका लागि सरकारले तत्काल कार्यविधि बनाउनुपर्छ : मेटमणि चौधरी


169
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले माईक्रो रेल प्रविधिमा आधारित पोड वे सञ्चालनका लागि तत्काल कार्यविधि बनाउन सरकारसँग माग गर्नुभएको छ ।

सवारी दुर्घटनाबाट जिउधनको सुरक्षा गर्न, नेपालमा पर्यटकीय क्षेत्रको विकास गर्न, ट्राफिक जाम हटाउन, पेट्रोलियम पदार्र्थको आयातलाई विस्थापन गर्न पनि सो प्रविधिमा आधारित पोड वे भरपर्दो माध्याम हुने भएकाले यसको सञ्चालनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले तत्काल सो सम्बन्धि कार्यविधि बनाउन ढिलाई गर्न नहुने बताउनुभएको हो ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक चौधरीले नेपालका लागि उपयोगी भनेर सरकारले गत मंसिर ७ गते राजपत्रमा प्रकाशित गरेकाले त्यसका लागि आवश्यक ऐन, नियम बनाउने काममा लाग्नुपर्ने बताउनु भयो ।

प्रमुख सचेतक चौधरीले सुरक्षित र भरपर्दो यात्राका लागि पनि सो प्रविधिमा आधारित पोड वे अत्यन्त कामयावी हुने बताउनुभयो ।