Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


टेरामक्स र सेक्युरिटि प्रिन्टिङ प्रकरणबारे आगामी मन्त्रिपरिषद्को बैठकमा कुरा राख्छु : रक्षामन्त्री


2.9k
Shares

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मुख्यसचिव डा. वैकुण्ठ अर्यालको टेरामक्स र सेक्युरिटि प्रिन्टिङ प्रकरणमा नाम जोडिएको विषयमा आफूले मन्त्रिपरिषद्मा कुरा राख्ने बताउनुभएको छ ।

बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा रक्षामन्त्री उप्रेतीले यस्तो बताउनुभएको हो ।

मुख्यसचिव डा. वैकुण्ठ अर्यालको टेरामक्स र सेक्युरिटि प्रिन्टिङ प्रकरणमा जोडिएको तर सँगै मन्त्रिपरिषद्मा राखेर निर्णय गर्न सरकारलाई नैतिकताले दिन्छ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उहाँले आगमी मन्त्रिपरिषद्को बैठकमा यसबारेमा कुरा उठाउने बताउनुभयो ।

मुख्यसचिव अर्यालमाथि राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे सिस्टम)का सामानहरू खरिद र प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अनियमितता गरेको आरोप लागेको छ ।