Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


प्रधानमन्त्रीको अभिव्यक्ति गलत : कांग्रेस


3.9k
Shares

काठमाडौं । सरकारले औसतभन्दा बढी उपलब्धि हासिल नगर्नुमा कांग्रेस जिम्मेवार रहेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति झुटो र भ्रमपूर्ण रहेको बताएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री दाहालको सो भनाई आफ्नो पार्टीलाई दोषारोपन गर्ने गरी आएको भन्दै आपत्ति समेत जनाउनुभयो । उहाँले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन आफूहरुले तयार पारेको मार्ग चित्रले मुलुकलाई अर्थतन्त्रलाई झनै गति दिने खालको रहेको पनि बताउनुभयो ।

प्रवक्ता महतले आफ्नो पार्टीले अघि बढाएको मुलुकको अर्थतन्त्रको मार्ग चित्र वर्तमान सरकारले छोडे मुलुकको अर्थतन्त्र फेरि अपm्ठयारोमा पर्ने निश्चित रहेको जिकिर पनि गर्नुभयो ।

प्रवक्ता महतले प्रधानमन्त्री दाहालले आफ्नो पार्टीसँगको गठबन्धन भत्काएर जनताले निर्वाचनमा दिएको आदेशलाई समेत लत्याएको आरोप लगाउनुभयो ।