
काठमाडौं । त्रिकोणात्मक टि–ट्वेन्टी क्रिकेट सिरिजका लागि हङकङ पुगेको नेपालले अहिले पपुवा न्युगिनी (पिएनजी)को सामना गरिरहेको छ ।
हङकङको मोङ कोक मैदानमा जारी खेलमा (पिएनजी) टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ । यो सिरिजमा आयोजक हङकङ , नेपाल र पीएनजी सहभागी छन् ।
आइतबार भएको पहिलो खेल वर्षाले प्रभावित भएपछि नेपाल र हङकङले अंक बाँडेका थिए । यो सिरिज बुधबारसम्म चल्नेछ ।
नेपाली टोलीले आगामी जुनमा आयोजना हुने आइसिसी टि–ट्वेन्टी विश्वकप तयारीका लागि हङकङ पुगेर सिरिज खेलेको हो ।
प्रतिक्रिया दिनुहोस्