१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


त्रिदेशीय टी–२० क्रिकेटको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स खेल्दै


1.443k
Shares

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र नेदरल्याण्ड्स भिड्दैछन् । खेल बिहान ११.३० बजे त्रिवि क्रिकेट मैदान किर्तीपूरमा हुँदैछ ।

श्रृंखलामा यसअघि नेपाल र नेदरल्याण्ड्स दुई पटक भिड्दा एक एक पटक विजयी भएका छन् । श्रंखलाका चार खेलबाट नेदरल्याण्ड्सले ५ अंक जोड्यो भने नेपालले चार अंक जोड्यो । तीन अंक जोडेको नामिबिया भने समुह चरणपछि बाहिरियो ।

यो श्रृंखलालाई आसन्न टी–२० विश्वकप क्रिकेटको तयारीको रुपमा हेरिएको छ । विश्वकप टी–ट्वेन्टी क्रिकेटमा नेपाल र नेदरल्याण्ड्स एकै समुहमा रहेका छन् । २० टोली सहभागी हुने टी–२० विश्वकपको समुह डी मा नेपाल र नेदरल्याण्ड्ससँगै दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश रहेका छन् ।

टी–२० विश्वकप क्रिकेट यही जुन एक तारिखदेखि वेष्ट इंडीज र अमेरिकामा संयुक्तरुपले आयोजना हुँदैछ ।