१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


टि–२० आइ सिरिजअन्तर्गत नेपाल र नामिबिया भिड्दै


2.639k
Shares

काठमाडौं । त्रिकोणात्मक टि–२० आइ सिरिजअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल खेल्दैछ । तेस्रो खेलमा नेपालले नामिबियाको सामना गर्न लागेको हो ।

नेपालले यसअघिको नामिबियासँगको खेलमा २० रनले पारजय व्यहोरेको थियो । नेपाल आज खेल जित्नैपर्ने दबाबका साथ मैदान उत्रिँदैछ ।

कीर्तिपुरमा हुने खेल बिहान साढे ११ बजेबाट शुरु हुनेछ । नेपालले यसअघि नामिबियासँग २० रन र नेदरल्याण्डसँग २ रनको हार व्यहोरेको छ । नामिबियाले भने नेदरल्याण्डसँग पराजय व्यहोरेको छ ।